‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बाग्लुङमा पहिरोमा परी आठजनाको मृत्यु, दुई बेपत्ता (अपडेट)

काठमाडौं । बाग्लुङमा पहिरोले पुरिँदा आठजनाको ज्यान गएको छ ।

मंगलबार बिहानको बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडीगाड–९ बलघाँसमा दुई गरी आठजनाको ज्यान गएको बाग्लुङ प्रहरीले जानकारी दिएको छ । त्यस्तै अन्य दुइजना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार बडीगाड–१० आरुपाट बस्ने वर्ष ७ की मालती बुढा, ७ वर्षीया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र बर्ष ५९ की मैतीदेवी बिकको पहिरोमा परेर मृत्यु भएको छ ।  

त्यस्तै बडीगाड–९ बलघाँसका १५ वर्षीय बिदान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ। पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विदान परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।  

त्यसैगरी बडीगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ । बाटोमा हिँडिरहेका उनलाई माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार बुर्तीबाङबाट करिब ४० किलोमिटर टाढाको उक्त गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो । बिहान घटना भए पनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो ४ बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : १५ बजे