साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेप्से परिसूचकमा उच्च अंकले गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४५ दशमलव शून्य ५ अंकले ओरालो लागेर २ हजार ६५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अंकले ओरालो लागेर ४६४ दशमलव ५६ मा सीमित भएको छ ।

कुल ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर रु. २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । कुर्थली बुखरी स्मल हाइड्रोपावर ९ दशमलव ९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो ३ दशमलव ९४, मेघा म्युचुअल फण्ड पहिलो ३ दशमलव ८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ३ दशमलव १६ प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्स,गुर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : १९ बजे