‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सरकार स्वच्छ, सक्षम, निष्पक्ष, जनउत्तरदायी शासन व्यवस्था प्रति प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वच्छ, सक्षम, निष्पक्ष, जनउत्तरदायी शासन व्यवस्था प्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । 

मंगलबार संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै ओलीले संविधानले गरेको व्यवस्थाको प्रभाकारी कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । यसबाट नै देशमा विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने कुरामा सरकार स्पष्ट रहेको ओलीले बताउनुभयो । त्यसको लागि भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न आवश्यक रहेको ओलीले धारणा राख्नु भयो । 

नेपाललाई समृद्ध बनाउन र नेपाली जनतालाई सुखी बनाउनका निमित्त भ्रष्टाचार तगारोका रूपमा रहेको ओलीले बताउनुभयो । ‘हामी समृद्ध देश बनाउने र देशका जनतालाई सुखी बनाउने दिशामा अगाडि बढिरहेका छौँ, यस दिशामा खतरनाक तगारो भनेको भ्रष्टाचार हो’, ओलीले भन्नुभयो । 

ओलीले कर लगाएर मात्रै नहुने बताउँदै कर छली रोक्नु पनि त्यतिकै जरुरी रहेको बताउनुभयो । भ्रष्टाचारका विभिन्न रूपको पहिचान गरी त्यसलाई नियन्त्रण गर्न सरकार दृढ रहेको ओलीले बताउनुभयो । ‘कसैले कसुर गर्‍यो भने मुख हेरेर, अनुहार हेरेर कसुरमा क्षमा गर्ने यो काम सरकारले गर्दैन’, उहाँले भन्नुभयो । 

अहिलेको सरकार प्रतिशोधका लागि नबनेको पनि ओलीले प्रष्ट पार्नुभयो । ‘सरकार अर्थतन्त्रमा सुधार विकासमा गति ल्याउनको लागि हो , त्यसकारण यसले कसै प्रति आग्रह, पूर्वाग्रह राख्ने, कसै प्रति अनावश्यक, अनुचित, झुटा कुराहरू उछाल्ने र कसैलाई दुःख दिने खालका पनि गर्दैन भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु, कसैलाई दुःख दिने यो सरकारको मनसाय छैन’, आलीले भन्नुभयो ।  

ओलीले कानुनमा सबै बराबर हुने भएकोले सरकारले कसैले गल्ती गर्‍यो भने नछाड्ने पनि स्पष्ट पार्नुभयो । 
ओलीले विभिन्न कारणले मानिसहरूमा फ्रस्टेसन आउने बताउँदै नागरिकमा देखिएको निराशा चिर्न लाग्नु पर्ने बताउनुभयो । लोकतन्त्रको संस्थागत विकाससँगै समृद्धिका कामबाट यो निराशा चिर्न सकिने उहाँको भनाइ छ ।
 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : १७ बजे