साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यस्तो छ कामना सेवा र गरिमा विकास बैङ्कको लाभांश क्षमता 

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैङ्कहरूले यो वर्ष आफ्ना सेयरधनीलाई झन्डै ११ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता भएका छन् । आठ वटा विकास बैङ्कहरूले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष ती बैङ्कहरूले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए भने अघिल्लो वर्ष ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

प्रकाशित तथ्याङ्क अनुसार यो वर्ष सबैभन्दा धेरै लाभांश दिन सक्ने सामर्थ्य कामना सेवा विकास बैङ्कले बनाएको छ । बैङ्कले आफ्ना सेयरधनीलाई यो वर्ष १०.९१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको हो । कामना सेवाले अघिल्लो आवको तुलनामा नाफा ६६.९३ प्रतिशत बढाएर ६० करोड ३२ लाख रुपैयाँ पुर्‍याएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १८ रुपैयाँ ३८ पैसा छ । बैङ्कको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ छ ।

त्यसैगरी गरिमा विकास बैङ्कले दोहोरो अंककै दरमा लाभांश दिन सक्ने क्षमता बनाएको छ । गत वर्ष १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको बैङ्कले पनि १०.५२ प्रतिशत लाभांश दिन सक्ने हैसियत बनाएको छ । बैङ्कको वितरणयोग्य नाफा ५९ करोड ७४ लाख ९६ हजार रुपैयाँ छ । बैङ्कको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँ छ ।

त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले पनि ८.१२ प्रतिशत लाभांश दिन सक्ने हैसियतमा देखिएको छ । बैङ्कले गत वर्ष ६९ करोड ७४ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैङ्कको वितरणयोग्य नाफा ३८ करोड ४२ लाख ९६ हजार रुपैयाँ छ । हाल बैङ्कको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा छ । बैङ्कको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ छ ।

लुम्बिनी विकास बैङ्कले पनि ७.४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । बैङ्कले गत वर्ष ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैङ्कको प्रतिसेयर आम्दानी (इपिएस) १७ रुपैयाँ १६ पैसा कायम भएको छ । बैङ्कको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ छ ।

यस्तै, साङ्ग्रिला डेभलपमेन्टले ५.१८ प्रतिशत, मुक्तिनाथ विकास बैङ्कले ४.७१ महालक्ष्मी विकास ४.२५ प्रतिशत लाभांश दिन सक्ने हैसियतमा छन् । 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : ५८ बजे