साफ यू–१७ च्याम्पियनसिप आजदेखि

महालक्ष्मी विकास बैङ्कको खुद नाफा २४.५२ प्रतिशतले बढी

काठमाडौं । महालक्ष्मी विकास बैङ्कले गत आर्थिक वर्ष २०८०/८१ मा ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैङ्कले २४.५२ प्रतिशत बढी खुद नाफा गरेको हो ।

गत असारसम्म बैङ्कको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेर १ अर्ब ९३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कले १ अर्ब ९४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैङ्कको खुद फि तथा कमिसन आम्दानी १४.२८ प्रतिशत बढेर २० करोड ७१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र सञ्चालन मुनाफा १८.६८ प्रतिशत बढेर ६७ करोड ७५ लाख रुपैयाँ छ ।

त्यसो त गत असारसम्म बैङ्कको वितरणयोग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैङ्कको लाभांश वितरण गर्ने क्षमता ४.२५ प्रतिशत छ ।

समीक्षा अवधिमा बैङ्कको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोष १०.८७ प्रतिशत बढेर २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत असारसम्म बैङ्कको निक्षेप सङ्कलन ७.२१ प्रतिशत बढेर ५५ अर्ब २१ करोड रुपैयाँ र कर्जा लगानी ८.८६ प्रतिशत बढेर ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैङ्कको प्रतिसेयर आम्दानी २.२२ रुपैयाँ बढेर ११.२७ रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको प्रतिसेयर नेटवर्थ १६०.४४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : ५१ बजे