‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्न वर्तमान सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्ने उद्देश्यले गठन भएको बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेका बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा  प्रभावकारी काम गर्नुपर्छ भन्ने छ ।”

फरक प्रसंगमा उहाँले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उक्त मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिनुभएको थियो ।
 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : ३७ बजे