‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

च्यासलस्थित एमाले पार्टी कार्यालय फेरि पनि डुबानमा

काठमाडौं । नेकपा (एमाले) को पार्टी कार्यालय फेरि डुबानमा परेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा गएराति र आज परेको पानीका कारण डुबानमा परेको हो ।

कर्यालयका चन्द्रदेव पासवानले कार्यालयमा पानी पसेको बताउनुभयो । मनोहरा खोलाको पानी बढेर पार्टी कार्यालयभित्र पसेको हो । “पानी पार्टी कार्यालयको कम्पाउन्डभित्र पसेको छ,” उहाँले भन्नुभयो, “अहिले पार्टी कार्यालयमा कोही आउनुभएको छैन । ”

उहाँले डुबानका कारणले पार्टी कार्यालयको पार्किङ र क्यान्टिनभित्र पनि पानी भरिएको बताउनुभयो । 

यसअघि कार्यालयको भुइँतलामा पानी भरिएकाले सरसफाइ भइरहेकोे थियो । भुइँतलाको कुर्ची कार्पेट भिजेकोलाई सुकाउने कार्य भइरहेकालेमा फेरि पनि पानी पसेपछि एमाले कार्यालयको भुइँतला अहिले बस्नलायक छैन । 

यसअघि पनि पार्टी कार्यालयमा पानी पसेको कारणले यही साउन १७ गतेको सचिवालय बैठक एक होटलमा बसेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : २५ बजे