साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अधिकांश वाणिज्य बैंकलाई कर्जा असुलीमा दबाब  

काठमाडौं । अधिकांश वाणिज्य बैंकलाई कर्जा असुलीमा दबाब परेको छ । २० वाणिज्य बैंकमध्ये १३ बैंकलाई कर्जा असुलीमा दबाब सिर्जना भएको हो ।

बैंकहरूले सार्वजनिक गरेका आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरणअनुसार कर्जा असुली गर्न नसक्ने बैंकमा एनआईसी एसिया, लक्ष्मी सनराइज, माछापुच्छ्रे र ग्लोबल आइएमई बैंक रहेका छन् । एनआइसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी छ । यो बैंकको निष्क्रिय कर्जाको आकार शून्य दशमलव ८८ प्रतिशतबाट २ दशमलव ५३ प्रतिशत बिन्दुले बढेर ३ दशमलव ४१ प्रतिशत पुगेको हो ।

लक्ष्मी सनराइज, माछापुच्छ्रे र ग्लोबल आइएमई बैंकको निष्क्रिय कर्जा पनि १ प्रतिशत बिन्दुभन्दा बढीले वृद्धि भएको छ । बैंकको निष्क्रिय कर्जाको साधारण औसत ३ दशमलव शून्य १ प्रतिशतबाट ३ दशमलव ५४ प्रतिशत पुगेको छ । अर्थतन्त्रको सुस्तताका कारण ऋणीको ऋण तिर्न सक्ने क्षमता घटिरहेको अवस्थामा बैंकहरूले कर्जा असुल्न नसकेपछि निस्क्रिय कर्जा बढेको हो ।

एनआईसी एशिया, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । गत असार मसान्तसम्ममा २० वाणिज्य बैंकको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड रुपैयाँ छ । अघिल्लो आवको असार मसान्तसम्म १५ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य नाफा थियो । एक वर्षको अवधिमा बैंकहरूको वितरणयोग्य नाफा ५१ दशमलव २८ प्रतिशतले घटेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ । 

अघिल्लो आवमा ऋणात्मक रहेको प्रभु बैंक र प्राइम बैंकको वितरणयोग्य नाफा गत आवमा क्रमशः १ अर्ब २२ करोड र १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । २० बैंकमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा नबिलको छ । यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१ दशमलव शून्य ३ प्रतिशतले बढी हो ।

एभरेस्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४ दशमलव ५० प्रतिशतले कम हो । कृषि विकास बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड २८ लाख रुपैयाँ रहेको छ ।

नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा ५ दशमलव ५८ प्रतिशतले बढेर १ अर्ब १३ करोड २ लाख पुगेको छ । नेपाल बैंकको पनि वितरण योग्य नाफा बढेर ७६ करोड ९३ लाख र राष्ट्रिय वाणिज्य बैंकको ८२ दशमलव ८२ प्रतिशतले बढेर ५८ करोड २१ लाख रुपैयाँ कायम भएको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ७ दशमलव ८ शून्य प्रतिशतले घटेर असार मसान्तसम्म २ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सानिमा बैंकको वितरणयोग्य नाफा ३६ दशमलव २४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकको २५ दशमलव ५३ प्रतिशतले घटेर १ अर्ब २८ करोड ७१ लाख र ग्लोबल आइएमई बैंकको ६५ दशमलव ९४ प्रतिशतले घटेर १ अर्ब १० करोड ४६ लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।

सिटिजन्स बैंकको २७ दशमलव २६ प्रतिशतले घटेर ६१ करोड ६१ लाख, माछापुच्छ्रे बैंकको ६७.८० प्रतिशतले घटेर ४६ करोड ६४ लाख, सिद्धार्थ बैंकको ४४ दशमलव ७६ प्रतिशतले घटेर ३६ करोड ६६ लाख र एनएमबि बैंकको ७९ दशमलव शून्य ५ प्रतिशतले घटेर २३ करोड ९० लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ५६ बजे