साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आजदेखि हुने सबै तहका परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आजदेखि हुने सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । 

सीसीएमसीका अनुसार  अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरू स्थगित हुनेछन् ।

सीसीएमसी बैठकले परीक्षाका नाममा अनावश्यक भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । 

बैठकले देशभरका बिद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई अर्चुअल र बैकल्पिक माध्यमबाट मात्र पठन-पाठन जारी राख्न र भौतिक उपस्थितिमा हुने पुर्व निर्धारित सबै प्रकारका परीक्षा अर्को आदेश नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका सचिव तथा  संयोजक डा. खगराज बरालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ३७ बजे