साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एकैदिन २३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार सुन तोलाको २ हजार ३ सयले घटेर तोलाको १ लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १ हजार ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : ४२ बजे