‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लगातारको वर्षाले देशका विभिन्न नदीमा बाढी, सतर्क रहन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (ब.सु.पूर्व), नवलपरासी (ब.सु. पश्‍चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अति उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै, महाशाखाले काठमाडौँ जिल्लास्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र यो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी, ललितपुरस्थित खोड्कु खोला झरुवारासि जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै, विभागले आज मेलम्ची, वाग्मती, विष्णुमती, धोबी खोला, हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका अन्य ससाना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : ३८ बजे