‘एउटै नाउरको सिकार गर्न २३ लाख’

यी स्थानमा हुनेछ भारी वर्षा,३४ जिल्लामा ‘रेड अलर्ट

​​​​​​​काठमाडौं । हाल सबै प्रदेशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभरका धेरै स्थानहरूमा  मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा हुने छ।

साथै  कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मुसलधारे वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ।

आज राती पनि सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने र बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहको जनाएको छ।

भारी वर्षा हुने स्थानमा हुनसक्ने सम्भाविक संकटबाट बच्न सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

यसैबीच  निरन्तरको झरीले उपत्यकाका खोला तथा नदीमा जलसतह बढेको छ । तर, उपत्यकाका नदीको जलसतह हालसम्म सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । 

मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । त्यहाँ पनि बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । 

आज दिउँसो पनि देशभर पानी पर्ने सम्भावना छ । दिउँसो देशका सबै प्रदेशमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति पनि सबै प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ। सबै राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।

महाशाखाले हिजै विशेष बुलेटिन जारी गरेर मधेश र कर्णालीबाहेक ६ प्रदेशका ३६ जिल्लामा रेड अलर्ट जारी गरेको थियो । यी क्षेत्रमा धेरै वर्षा हुने र बाढीपहिरोको जोखिम निम्ताउन सक्ने भएकाले रेड अलर्ट जारी गरिएको हो। 

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ३२ बजे