‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाली कांग्रेसका विभागहरूले पाए पूर्णता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो पार्टीका ३७ विभागलाई पूर्णता दिनुभएको छ ।  देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम पार्टीका केन्द्रीय कार्यसमितिको राज्य प्रशासन विभाग प्रमुखमा गोविन्द भट्टराईलाई मनोनयन गर्नुभएको छ ।

सभापति देउवाले स्थानीय तह समन्वय विभागमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, अभिलेख, अनुगमन संघीय मामिला समन्वय विभागमा चन्द्रबहादुर के.सी., संसदीय मामिला विभागमा गोविन्दबहादुर शाह, कानून विभागमा मानबहादुर नेपाली, विद्यार्थी विभाग राजीव ढुंगाना र पेसागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौलालाई प्रमुखका रूपमा मनोनयन गर्नुभएको छ ।

यसैगरी शिक्षा विभागमा नैनसिंह महर, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वय विभागमा मदनबहादुर अमात्य, सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा शिवप्रसाद हुमागाईं, कृषि तथा किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझी, प्राकृतिक स्रोत विभागमा तारामान गुरुङ र साहित्य, कला तथा संस्कृति विभागमा विद्यादेवी तिमिल्सिना विभागीय प्रमुखका रूपमा मनोनयन गरिनुभएको छ ।

त्यस्तै दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा लक्ष्मी परियार, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा कृष्णकिशोर घिमिरे, मुस्लिम विभागमा मैकुलाल वाल्मिकी, वित्तीय संस्था समन्वय विभागमा कर्णबहादुर बुढा, विज्ञान तथा सूचना प्रविधि विभागमा सुशीला मिश्र भट्ट, भू.पू. सैनिक विभाग महेन्द्र कुमारी लिम्बू र आर्थिक नीति तथा योजना विभागमा प्रा.डा. गोविन्दराज पोखरेल विभागीय प्रमुखका रूपमा मनोनयन गरिनुभएको छ ।

शुभेच्छुक संस्था समन्वय विभागमा अब्दुल सत्तार, श्रमिक तथा ट्रेड युनियन विभागमा हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा नृपबहादुर वड, मानव अधिकार विभागमा धना खतिवडा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा अनिलकुमार रुंगटा र बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा डा. जीवन राना विभागीय प्रमुखका रूपमा मनोनयन गरिनुभएको छ ।

त्यस्तै नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागमा लक्ष्मी खतिवडा, व्यावसायिक सिप विकास विभागमा गंगालक्ष्मी अवाल, विपन्न उत्थान समन्वय विभागमा डा. गोपाल दहित, सामाजिक संघसंस्था समन्वय विभागमा अर्जुनप्रसाद जोशी, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा अजयवावु शिवाकोटी, धर्म–संस्कृति समन्वय विभागमा ध्यानगोविन्द रञ्जित र पूर्व आप्रवासी समन्वय विभाग दिनेश कोइराला विभागीय प्रमुखका रूपमा मनोनयन गरिनुभएको छ ।
 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ४६ बजे