साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रभु बैंकको नाफामा अग्रता, सबै सूचकमा देखियो यस्तो प्रगति

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ  । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९ दशमलव शून्य ४ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २८ करोड मात्रै खुद नाफा गरेको थियो ।

यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ४३ करोड रुपैयाँ थियो । जसका कारण हाल प्रकाशित वित्तीय विवरणमा बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९ दशमलव ४३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी १९ दशमलव ९६ प्रतिशत, कुल सञ्चालन आम्दानी २० दशमलव ६७ प्रतिशत बढेको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ५६ बजे