साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब १ करोड रुपैयाँ, अन्य सूचक पनि सकारात्मक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव १३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २ दशमलव ७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी २९ दशमलव ९० प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २ दशमलव ९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८ दशमलव २५ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३ दशमलव १५ प्रतिशतबाट बढेर ४ दशमलव ३७ प्रतिशत पुगेको छ । जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुगेको छ ।
 

यस अवधिमा बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ ।  

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११ दशमलव ६६ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ । समग्रमा यो बैंकको अन्य सूचक पनि सकारात्मक रहेको छ ।
 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ४३ बजे