साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला रु. १ लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु. १ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु. ३ सयले वृद्धि भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु. ३ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. १ लाख ४९ हजार २ सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. १ लाख ४९ हजार ५ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला रु. १ हजार ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : ०३ बजे