साफ यू–१७ च्याम्पियनसिप आजदेखि

स्काइवेलको ‘बीई ११’ ल्याउँदै जी मोटर्स 

काठमाडौं । विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न जी मोटर्स प्रालिले प्रिमियम ब्रान्डको विद्युतीय एसयुभी वाहन स्काइवेल ‘बीई ११’ नाडा अटो शोबाट बिक्री गर्ने गरी नेपाल भित्र्याउने तयारी गरेको छ । जी मोटर्स स्काइवेलको नेपालका लागि आधिकारिक विक्रेता हो । 

स्काइवेल बीई ११ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । 

५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर ब्याट्री अप्सनमा ‘स्काइवेल बीई ११’ उपलब्ध हुने छ भने स्काइवेल बीई ११ दुई ब्याट्री अप्सनमा रहेको छ ।

कम्पनीका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई ११ को मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीयुक्त बीई ११ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै ५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई ११ ले एक पटकको फुल चार्जमा ४ सय १० किलोमिटर रेन्ज र ७१.९८ किलोवाट आवर ब्याट्री भएको बीई ११ ले ५२० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ । यी दुवै विद्युतीय एसयूभीमा १५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान गरिएको छ । 

साथै स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।

स्मरण रहोस् नाडा अटो शो २०२३ बाट औपचारिक बुकिङ एवम् ब्रान्ड सार्वजनिक गरेको जी मोटर्सले स्काइवेलको प्रिमियम तथा नेपालमै सबैभन्दा धेरै रेन्ज ६२० किमि दूरी एकपटकको चार्जमा तय गर्ने र १५० किलोवाट मोटरले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने उद्देश्यले विद्युतीय एसयूभी ल्याएको थियो । 

स्मरणरहोस् स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।
 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ११ बजे