साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिटिजन्स बैंकको निक्षेप र कर्जामा उल्लेख्य सुधार

काठमाडौं । सिटिजन्स बैंकले १ अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले शनिबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

निक्षेप संकलन र कर्जा लगानी दुवैमा बैंकले उल्लेख्य वृद्धि गरेको छ । गत वर्ष बैंकले कुल १ खर्ब ८९ अर्बरुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । यो अघिल्लो आवको तुलनामा १२ दशमलव शून्य ७ प्रतिशत बढी हो । 

अघिल्लो आवमा पनि बैंकको निक्षेप संकलन १ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो । यस्तै बैंकका कर्जा लगानी पनि ९ दशमलव ६५ प्रतिशत बढेर १ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी कायम भएका छ । अघिल्लो वर्ष पनि बैंकले कुल १ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको थियो । 

गत आवमा बैंकले कुल १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने २७ दशमलव ९७ प्रतिशत कम हो । अघिल्लो आवको चौथो त्रैमासमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको थियो ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ छ । गत आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई ४ दशवलव ३४ प्रतिशत लाभांश दिन सक्ने सामथ्र्य  बनाएको छ । जगेडा तथा कोषमा भने ७ अर्ब ३५ करोड ७० हजार रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ छ ।  

हाल बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा भने प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ ८१ पैसा कायम भएको छ । गत वर्ष बैंकको खराब कर्जा पनि सामान्य बढेर ४ दशमलव शून्य ७ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : ४९ बजे