साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिमेन्ट उत्पादक संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं । काठमाडौंमा सम्पन्न नेपाल सिमेन्ट उत्पादक संघको २० औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । 

तीनवर्षे कार्यकालका लागि साधारणसभाबाट सर्वसम्मत रूपमा अध्यक्ष रघुनन्दन मारु तथा उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन हुनुभएको छ । नयाँ कार्यसमितिको महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चुनिनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दीकेशर पौडेल, केशवप्रसाद उप्रेती, हुवाङ सी जुङ र अनिल रुंगटा चुनिनुभएको छ । संघको आमन्त्रित सदस्यमा राजनकुमार झा तथा सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनीत गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उद्योगमा देखिएका समस्याहरूको समाधान खोज्न सबै पक्षलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै चुनढुङ्गा उत्खनन र विद्युतीय बैंकिङलगायत समस्या समाधानका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ३ : ३१ बजे