साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १ हजार ७८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : ५९ बजे