यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध

दाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा आज बिहान मृत्यु भएको हो । 

यसैबीच, मृतकका आफन्तले क्षतिपूर्ति र कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडक खण्ड अवरुद्ध गरिरहेका छन् । 

 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : ०० बजे