देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो २८ वर्षपछि कोपा अमेरिकाको उपाधि

काठमाडौं। दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ ।  

ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका २०२१ को उपाधि जितेको हो ।

खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो ।

अर्जेन्टिनाले १५ औं पल्ट कोपा अमेरिकाको उपाधि जितेको हो । योसँगै सबैभन्दा धेरैपल्ट कोपा उपाधि जित्ने उरुग्वेको कीर्तिमान पनि अर्जेन्टिनाले बराबरी गरेको छ ।

सन् १९९३ मा कोपाको उपाधि बिजेता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ०२ बजे