काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले कांग्रेस-एमालेको गठबन्धन लामो समयसम्म टिक्ने बताउनुभएको छ ।
जनकपुरधामको श्रीराम युवा कमिटीको नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको हो ।
नेता निधीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसद्मै आफू दुई वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन लामो समयसम्म टिकाउ हुने उल्लेख गर्नुभयो ।
तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि नरहेको र वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने निधीको भनाइ थियो ।
प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार १० : २२ बजे
प्रतिक्रिया