‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्री ओलीद्वारा महिला भलिबल टोलीलाई बधाई

​​​​​​​काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ ।

राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिनुभएको हो ।

‘नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । बधाई नेपाली टिम ।’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

शनिबार भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो भने जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : ०९ बजे