‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारीलाई

काठमाडौँ ।  मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ ।

आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । उहाँलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिनुभयो । 

प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशनल २०२४’ को उपाधि जित्नुभयो । यस वर्ष ‘मिस वर्ल्ड’ मा भने ‘मिस नेपाल २०२३’  प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नुहुने छ । 

प्रतियोगितामा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, सहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा हुनुहुन्थ्यो । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ । 
 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : ५४ बजे