‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रेसेफाँट पहिरोमा परी छ दिनदेखि बेपत्ता पाँच जनाकै शव भेटियो

​​​​​​​गोरखा । जिल्लाको धार्चे गाउँपालिका–५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका पाँच जनाको जनाको शव भेटिएको छ ।  

आइतबार बिहान करिब ३ बजे नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोमा परेर बेपत्ता भएका आरुघाट गाउँपालिका ८ लामा गाउँका २४ वर्षीय रमेश परियारको शव फेला परेको हो ।  

साउन १२ गते राती रेसेफाँटमा गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० वर्षका सुलाल कान्छा गुरुङ, ३७ वर्षका जितबहादुर गुरुङ, ३३ वर्षका रेसम गुरुङ र ३५ वर्षकी कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो ।

पहिरोमा परेर सोही ठाउँका ३५ वर्षका दिलिप गुरुङ काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अर्का घाइते छामबहादुर गुरुङ उपचारपछि घर फर्किएका छन् ।  

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  २ : ०७ बजे