‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोरोनाको खोप उपलब्ध गराउन जि२० देशहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि२० (ग्रुप २०) का देशहरुलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गर्नुभएको छ । 

विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि२० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताउनुभएको हो । 

उहाँले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरुका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गर्नुभएको हो । 

साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरु कोभिड १९का कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गर्नुभएको हो । 

जि२० का सदस्य देशहरुका अर्थमन्त्री र ती देशका केन्द्रीय बैंकका गभर्नरहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । 

उहाँले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा पनि दोब्बर बनाउने कामलाई गति दिन पनि ती देशहरुलाई आग्रह गर्नुभएको बताइएको छ । 

अहिले विश्वमा कोरोनाको खोप प्राप्त गरेका र खोप नपाएका देशहरुका बीचमा अन्तर फराकिलो बन्दै गएको भन्दै महासचिव गुटरेसले यस्तो अन्तरलाई हटाउने कामका लागि पनि ती देशका अर्थमन्त्रीहरुलाई अपिल गर्नुभएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : २८ बजे