साफ यू–१७ च्याम्पियनसिप आजदेखि

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपमा   गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ ।

त्यस्तै महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखि अधिकतम ३० वर्ष अवधि रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गर्नेछ ।

त्यसैगरी साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखि १५ वर्षको अवधि सम्मको लागि व्यावसायिक कर्जा प्रदान गर्नेछ । यसकासाथै ग्राहकले यस अन्तर्गत रु. ३ करोड सम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गर्नेछ ।

देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । साथै बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको सो बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १२ : ३६ बजे