साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आफ्ना सेयरधनीहरूलाई एभरेष्ट बैंकले गर्‍यो यस्तो आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश रकम बुझिलिन आफ्ना सेयरधनीहरूलाई आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

बैंकले आर्थि वर्ष २०५५/५६ देखि २०७५/७६ सम्मको लाभांश रकम बुझिलिन बाँकी सेयरधनीको संख्या र जम्मा रकमबारे जानकारी प्रकाशित गरेको छ ।

बैंकबाट लाभांश पुर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पुर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरूलाई आफ्नो सेयर प्रमाणपत्र र डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्रको साथमा बैंकको सेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन बैंकले आग्रह गरेको छ ।

उल्लिखित पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयर धनीहरूको नामसहितको विवरण बैंकको आधिकारिक वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १२ : ३४ बजे