‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौंको सिनामंगलस्थित गेष्ट हाउसमा युवा युवती मृत फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन् ।

शुक्रबार सिनामंगल स्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार मध्याह्न १२ बजे खाना खान सोध्न जाँदा ढोका नखोलेपछि अपराह्न १ बजेतिर प्रहरीलाई खबर गरिएको र घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए ।

मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की हुन ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : २८ बजे