‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

परिणाम आउने गरी काम गर्न राज्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले राज्यमन्त्रीको मुख्य काम सम्बन्धित मन्त्रीहरूलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरूले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजनाका लागि आफूहरू प्रयत्नरत रहेको बताउँदै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरूको संगत र उनीहरूको प्रलोभनमा नपर्न सचेत गराउनुभयो ।

उहाँले राज्यमन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारका रूपमा रहन र मन्त्रीहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

यसैगरी प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारणले खतरा हुने भएकाले त्यसलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : ५२ बजे