काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोटो देखाउने जात्राका दिन (आइतबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार २ : २७ बजे
प्रतिक्रिया