साफ यू–१७ च्याम्पियनसिप आजदेखि

झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालन 

झापा । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भीष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताउनुभयो ।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालयह, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । 

प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाटसमेत सम्मानित भइसकेको छ ।
 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  २ : ०९ बजे