साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख ४९ हजार ९ सय पुगेको छ । 

 यही साउन २ गते सुनको मूल्य प्रतितोला रु. एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु. १ सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला रु. एक लाख ४९ हजार ४ सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला रु. १ हजार ७ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. १ हजार ७ सय ९५ निर्धारण भएको छ ।
 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : ४० बजे