साफ यू–१७ च्याम्पियनसिप आजदेखि

डिस्चार्ज भए सौर्य एयरलाइन्सका क्याप्टेन शाक्य

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दुर्घटनापछि गम्भीर घाइते भएका क्याप्टेन शाक्य  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए । अस्पतालका अनुसार उनको स्वास्थ्य सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो ।

साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।

जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। 

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : २४ बजे