देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक ग-यो कक्षा १२ को नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भर्खरै सार्वजनिक गरेको छ । 

आज प्रकाशित नतिजा अनुसार ५२ प्रतिशत परीक्षार्थीहरू उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बताउनुभयो । उहाँका अनुसार उक्त परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमिततर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए । 

सहभागी विद्यार्थीमध्ये ९ हजार ५९१ विद्यार्थीले ३.६ जीपीए ल्याएका छन् भने १ लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा एनजी अर्थात नन ग्रेड आएको छ । साथै ९ हजार ५९१ जनाले ए प्लस ल्याएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : ०६ बजे