यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उखुबारीमा लुकेको नरभक्षी बङ्गाल टाइगर नियन्त्रणमा 

कञ्चनपुर । बिहीबार खेतबारीमा काम गरिरहेकी २२ वर्षीया महिलामाथि आक्रमण गरी ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा परेको छ । 

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ नम्बरमा रहेको उखुबारीमा लुकेको अवस्थामा नरभक्षी बाघ पक्राउ गरिएको हो ।  

शुक्रबार बिहान  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र  बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्रविधिसहितको टोलीले  चारवटा हात्तीको सहयोगमा अचेत पारी  बाघ  नियन्त्रणमा लिएको हाे ।    उक्त भाले बाघ बङ्गाल टाइगर  रहेको बताइएको छ ।

उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज लागिने भएको छ । उक्त  बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय महिला हिरा साहुको मृत्यु भएको थियो । ​​

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ११ : ०७ बजे