काठमाडौँ । नेकपा (एमाले) ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ ।
एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।
यस्तै सोही बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार ४ : ४४ बजे
प्रतिक्रिया