काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले साउन १७ गतेबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन दिनुपर्ने छ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सो सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने समेत कम्पनीले कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार ३ : ०० बजे
प्रतिक्रिया