‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ ।

काठमाडौँको हनुमानस्थानस्थित होटल बसेरामा केहीबेरअघिदेखि बैठक बसेको हो । बुधबार बिहान भएको वर्षाले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेको सचिवालय बैठक होटलमा गरिएको छ ।   

बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन गर्ने भएको छ । यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ। 

त्यस्तै एमालेले विभिन्न इञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १ : ४७ बजे