‘नेशनल डे कन्सर्ट’ सम्पन्न

शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन

काठमाडौं । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । बिहीबार बिहान ६ बजे उहाँको निजी निवास सिरहामा निधन भएको हो ।

६९ वर्षीय कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थो । लामो समयदेखि मिर्गौलाको उपचार गराइरहनुभएकाे कामत आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौंबाट सिरहा  फर्किनुभएको थियो ।

शास्त्रीय संगीतमा निकै ख्याति कमाउनुभएका कामतले पछिल्ला ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान पुर्‍याउँदै आउनु भएको थियो ।

उहाँकाे जन्म २०१२ साल साउन १७ गते सिरहामा भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ११ : १२ बजे