साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आयल निगमले घटायो इन्धनको मूल्य

​​​​​​​काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमको बुधबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागु भएकाे छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १५८ भएको छ ।

निगमले भारतबाट आएको नयाँ मूल्य सूची घटेर आएकोले मूल्य घटाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १० : ५६ बजे