साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अमेरिकाले दिने १५ लाख जोन्सनको खोप सोमबार आइपुग्ने

काठमाडौं । अमेरिकाले नेपाललाई दिन लागेको जोन्सन एण्ड जोन्सनको १५ लाख जनालाई लगाउन पुग्ने कोरोना विरूद्धको खोप सोमबार काठमाडौं आइपुग्ने भएको छ । 

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत जोन्सन एण्ड जोन्सनको १५ लाखभन्दा बढी खोप उपलब्ध गराउने आधिकारिक घोषणा गर्नुभएको हो ।

यसअन्तर्गत सोमबार जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय निकट स्रोत बताउँछ  । 
अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लगाए पुग्ने भनिएको छ ।

यसैबीच सरकारले चीनसँग ४० लाख भेरोसेल खोप किन्ने सम्झौताअनुसार आठ लाख डोज खोप शुक्रबार नेपाल ल्याइएको छ । एक पटकमा १० लाख डोज खोप ल्याउने तयारी भएपनि जहाजमा ठाउँ नपुग्दा आठ लाख मात्र खोप ल्याइएको हो ।

अमेरिकाबाट आउने १५ लाख ३४ हजार ८५० र चीनबाट खरिद गरिएको ४० लाख डोज खोपले थप ३५ लाख ३४ हजार ८५० नागरिकलाई खोप लगाउन सकिने छ । अमेरिकाबाट ल्याइने जोन्सन एण्ड जोन्सनको खोप एक मात्र लगाए पुग्छ भने भेरोसेल खोप दुई मात्रा लगाउनुपर्छ ।
 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ३ : ५० बजे