‘नेशनल डे कन्सर्ट’ सम्पन्न

१७ वर्षपछि पक्राउ परे प्राध्यापकको हत्या गर्ने रन्जन 

काठमाडौं । मिनभवन क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या गरेको अभियोगमा संलग्न रञ्जन खड्कालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

बि।स २०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा प्राध्यापकको हत्यामा संलग्न खड्का १७ वर्षपछि पक्राउ परेका हुन् । काठमाडौँको वडा नं ३२ कोटेश्वर बस्ने खड्का भारतको बैंगलोर र जल्पाइगुडी क्षेत्रमा लुकेर बस्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताउनुभयो । 

फुपुको छोरा धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएका विनोद थापाको आग्रहमा उनी प्राध्यापकको हत्यामा संलग्न भएका थिए । विनोदकी दिदी सबिता थापा अधिकारी भन्ने शोभिता थापा त्यतिबेला कमर्श क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । प्राध्यापकले आफूलाई ‘मन पराउँछु’ भनेर पटकपटक फोन गर्ने गरेको कुरा शोभिताले भाइलाई सेयर गरिन् । विनोदले आफ्नो टिम भेला गरे । शोभिताले प्राध्यापकलाई भेट्न बोलाइन् । विनोद थापा जेल सजाय काटेर २०७९ असोज ३ मा रिहा भएका छन् । लागु औषध मुद्दामा झापामा पक्राउ परेपछि प्रहरीले उनलाई काठमाडौंमा ल्याएर हत्या मुद्दामा बयान गराएको थियो । ललितपुर जिल्ला अदालतले उनलाई २०७१ पुस ३० मा जन्मकैदको फैसला गरेको थियो ।

अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् । रञ्जनको मुद्दा चाहिँ ललितपुर जिल्ला अदालतमा मुल्तबीमा रहेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ३८ बजे