वीरगञ्ज । बीरगंजका चर्चित व्यवसायी निरन्जन अग्रवाललाई पर्सा प्रहरीले किर्ते नागरिकता मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता रहेको किर्ते नागरिकता मुद्दामा प्रहरीले आज दिउँसो अग्रवाललाई आदर्शनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दीपक भारतीले जानकारी दिनुभयो ।
पक्राउ परेका अग्रवाललाई प्रहरी हिरासतमा राखेर अहिले थप अनुसन्धान भइरहेको भारतीले बताउनु भयो । प्रहरी हिरासतमा रहेका अग्रवालको ठेगना र अन्य विवरणमा अनुसन्धान चलिरहेकोले थप विवरण गोप्य राखिएको प्रहरी प्रवक्ता भारती जानकारी दिनुभयो ।
यस अघि अग्रवाललाई झुठो विवरण पेश गरी नागरिकता लिएको विषयमा अदालतदेखि प्रहरी प्रशासनसम्म पटक पटक विपक्षीहरुले मुद्दा र उजुरी दर्ता गर्दै आएको भए पनि प्रहरीले पक्राउ गरेको थिए ।
प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार ५ : ४१ बजे
प्रतिक्रिया