साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा १ लाख ६८ हजार १९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

यसअघि जारी भएको सूचना अर्थात तोकिएको अवधिमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको बैंकले बताएको छ । इच्छुक विद्यमान खरीदकर्ताहरूले आगामी ७ दिनभित्र बैंकको केन्द्रिय कार्यालय र   शेयर शाखामा आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ५ : ३६ बजे