‘नेशनल डे कन्सर्ट’ सम्पन्न

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

धनगढी । मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपराह्न विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो । 

मंगलबार त्रिभुवन विमानस्थलबाट ४ ः ५० बजे धनगढीका लागि उडेको जहाज उडेलगत्तै ओझाले दुईजना एयरहोस्टेजमध्ये एकलाई जिस्काएका थिए । सो घटना पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : २१ बजे