सुनको मूल्यमा नयाँ कीर्तिमान

एकता कार्यदलको निर्देशनपछि युवासंघको ‘मार्चपास’ स्थगित

काठमाडौं । एमाले एकता कार्यदलको आग्रह पछि युवा संघ नेपालले आज गर्ने भनिएको मार्चपास स्थिति गरिएको  छ । 

वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न वार्ताटोलीले गरेको आग्रह पछि एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको शनिबारको सडक प्रदर्शन अचानक स्थगित गरेको हो । 

अपरान्ह ३ बजे युवासंघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय भएकोमा इन्चार्ज महेश बस्नेतको निर्देशनपछि स्थगित भएको उपमहासचिव रामजी सापकोटाले जानकारी दिनुभयो ।

एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ । शनिवारै साँझसम्म शीर्ष नेताहरूबीच छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूले निर्देशन दिएको बताइएको छ ।
कार्यदलमा एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका कुनै पनि प्रदर्शनहरू नगर्ने अनौपचारिक सहमति पछि युवासंघको मार्चपास आइतबारको लागि सारिएको हो  । 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  २ : ०० बजे