साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतको केरलामा वर्षापछि पहिरो, कम्तीमा सय जनाको निधन

वायनाड। भारतको केरला राज्यको वायनाडमा ठूलो वर्षापछि पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा सय जना पुगेको छ । पहिरोमा परी सय जनाभन्दा धेरै घाइते भएका र उनीहरूलाई अस्पताल पुर्‍याइएको बीबीसी हिन्दीले जनाएको छ ।

केरलाको वायनाड जिल्लाको विभिन्न ठाउँमा आज बिहानै पहिरो गएको थियो । प्रभावित ठाउँमा खोजी तथा उद्धार अभियान चलिरहेको र अहिलेसम्म दुई सय ५० जनाभन्दा धेरैको उद्धार भएको छ । तर ठूलो वर्षा भइरहेका कारण उद्धारको काम प्रभावित भएको खबरमा उल्लेख छ ।

यो घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।

यसैबीच केरला सरकारले वायनाड घटनालाई लिएर दुई दिने शोकको घोषणा गरेको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले आज र भोलि दुई दिनका लागि राज्यव्यापी शोकको घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले लेखेको छ ।

यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ राहत घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ६ : ३४ बजे