‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तीज गीत ‘हेर बरै’ मार्फत दर्शकको मन जित्दै मनीषा 

काठमाडौं । पछिल्लो समय संगीत क्षेत्रमा विभिन्न किसिमका तरङ्गहरू पैदा भइरहेका छन् । बजारमा आएका केही गीतले संगीतप्रेमी दर्शक चिन्तित छन् भने केही गीतले उत्साहित पनि भएका छन् । 

यस्तै दर्शकलाई उत्साहित बनाउने एउटा तीजगीत कोसेली ‘हेर बरै’ नवराज घोरासैनी युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । सिन्धुपाल्चोककी मनीषा घोरासैनी र आशा लामाको आवाज रहेको उक्त गीत हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो । 

नवराज घोरासैनीको लय र रेसम सापकोटाको शब्दमा निर्माण भएको भिडियो गीतमा मनीषा घोरासैनी, महेश उपाध्याय, जेनी क्विन, सोनिका, सपना, सुष्मा, विष्णु, सुजी, गुरुप्रसाद आचार्य, अम्बिका ढुंगाना, सीता घिमिरे, कल्पना राउत, मिना बनार, उर्मिला भण्डारी, सिर्जना राउत, पूजा राउत, सीता घिमिरे नेपाल, राधा दाहाल, लक्ष्मी दाहाल, मिना चौलागाईं लगायत कलाकारको अभिनय रहेको छ भने मिलन श्रेष्ठले निर्देशन दिनुभएको छ । 

वर्तमान समयमा समाजमा रहेका पारिवारिक कथावस्तुमा आधारित यो गीत मनीषाको पहिलो तीज गीत कोसेली हो । सानै उमेरबाट लोकसंगीत क्षेत्रमा योगदान पु-याउँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल मनीषाले यो गीतमार्फत दर्शकको अपार माया पाएको बताउनुहुन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ६ : १३ बजे